करेन्ट लागेर बालिकाको मृत्यु

सेयर गर्नुहोस

कपिलवस्तु : विजयनगर गाउँपालिकामा करेन्ट लागेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ। शुक्रबार गाउँपालिका–२ जर्लैया बस्ने चाँद अलि भाँटकी छोरी साहिना खातुनको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

घर अगाडि नल्कामा जडान गरिएको पानी तान्ने मोटरबाट नुहाउने क्रममा अचानक करेन्ट लाग्दा नातिनी साहिना खातुनको मृत्यु भएको हो। उनकी हजुरआमा ४८ वर्षीया अन्जुम भाँट घाइते भएकी परिवारले जनाएको छ।

Facebook Comments Box