विभेदित क्षतिपूर्ति प्रति समाजवादी पार्टीको प्रमलाई पत्र
कपिलवस्तु ,चैत्र २७ । सरकारले अाफ्नै नागरिकालाई बिभेदपुर्ण क्षतिपूर्ति दिएकाे भन्दै समाजवादी पार्टी नेपाल ले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएकाे छ।
यही चैत्र २४ गते विजयनगर गाउंपालिका वडा २ जरलहिया बस्ने गाेवर्धन भरलाई काेराेना संक्रमणकाे शंकामा जिल्लाकाे ताैलिहवामा अाइसाेलन वार्डमा राखिएकाे थियाे । मृतक भर क्षयराेगका बिरामी तर अाइसाेलेसनमा राखिएकाे केही दिनमै उपचारकाे क्रममा मृत्यु भएकाे परिवारपक्षकाे भनाई छ। अास्पताल मै मृत्यु भएपनि सरकारद्वारा कुनै प्रकारकाे राहत र सहयाेग पिडित परिवारले पाएकाे छैन तर काेराना कै शंकामा रुपन्देही जिल्लाका सैनामैना वडा ४ बस्ने बाबुराम थापाकाे मृत्युपछि मृतक परिवारलाई अाठ लाखकाे अार्थिक सहयाेगका साथै परिवारलाई राेजगारि तथा बच्चाहरुलाई उचचाशिक्षा दिलाउन सरकारलृ प्रतिवद्धता गरेकाेले यश विभेदपुर्ण कार्यमा समाजवादि पार्टी नेपालकाे गम्भीर ध्यानाकर्षण भएकाे र यथाशिघ्र क्षतिपूर्ति उपलब्ध गराउन माग विज्ञप्तिमा उल्लेख गरिएकाे छ।
अाज शैलेन्द्र कुमार यादवकाे नेतृत्वमा समाजबादी पार्टी नेपालकाे जिल्ला शाखा कपिलवस्तुले प्रजिअ दीर्घनारायण पाैडेल मार्फत मुख्यमन्त्री प्रदेश ५ र प्रधानमन्त्री कार्यालय ध्यानाकर्षण पत्र पठाइएकाे प्रदेश प्रवक्ता अकरम पठानले जानकारी गराएका छन ।


