मेराे नगरमा काेेेही भाेकाे सुत्दैन : नगरप्रमुख शाह

कपिलवस्तु, चैत्र २७।
लकडाउनले गर्दा अाउने खाद्यान्न समस्या समाधान गर्न जिल्लाका विभिन्न स्थानिय तहहरुले विपद व्यवस्थापन काेष खडा गरि राहत वितरण शुरु गरेका छन ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह अहिले प्रत्येक गरिबको घरमा पुगी राहत वितरण गरिरहनु भएको छ । नगरका नागरिकलाई खाद्यन्न पुगाउनु आफनो दायित्व हो भन्दै नगर प्रमुख शाह अहिले अहोरात्र गरिबको सेवाको लागि खटिरहेको पाइन्छ ।
राहत वितरण कार्य सुरु भएपछी नगर प्रमुख समेत आफै खटिरहदा कृष्णनगरका गरिबहरु खुसी भएका छन । कोरोना संक्रमणबाट बच्नका लागि नेपाल सरकारद्धारा जारी लकडाउनको चपेटामा परेका कृष्णनगर नगरपालिकाको गरिब विपन्न नागरिकहरुलाई राहत वितरण कार्य सुरु गरिएको छ ।
कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले कसैलाई भाेकाे सुत्नु दिदैन , अाफ्ना नगरवासीहरुको लागि राहत प्याकेट निर्माण गरी केन्द्रको निर्देशन अनुसारका वितरण कार्य गरिरहेको बताउनु भयो । कृष्णनगर नगरपालिकाको १२ वटा वडाका ४ हजार नागरिकलाई राहत वितरण कार्य भैरहेको नगर प्रमुख शाहले बताउनु भयो ।
कृष्णनगर नगरपालिकाको विपत राहत कोषको ७२ लाखबाट रकमबाट खाद्यन्न सामाग्री राहत वितरण भैरहेको बताइएको छ । प्रति घर परिवारलाई ३० किलो चामल, ३ किलो दाल, २ किलो चिनि, २ लिटर खाने तेल, २ किलो नुन र हात धुनका लागि साबुन समेत प्रदान गरिएको नगरपालिकाको कार्यालयले जानाएको छ ।
राहत नगरपालिकाकाे राम गाेरखा माविमा गाेदाम बनाई राखिएकाे छ, प्रत्येक वडाका अतिविपन्न , गरिब परिवारलाई नामावली अनुसार वडाध्यक्ष मार्फत वितरण गरिने बताईएकाे छ।
