होमियोप्याथिक उपचारप्रति आकर्षण बढ्दाे

सेयर गर्नुहोस

काठमाडौं । चिकित्सा क्षेत्रमा विकास भएको नयाँ प्रविधिसँगै होमियोप्याथिक पद्धतिद्वारा उपचारप्रतिको आकर्षण पनि बढ्दै गएको छ । ललितपुर जिल्लामा रहेको पशुपति होमियोप्याथिक अस्पतालमा होमियोप्याथिक पद्धतिद्वारा विभिन्न रोगको निःशुल्क उपचार हुने गरेको छ ।

नेपालमा होमियोप्याथिक उपचार पद्धति राणाकालदेखि नै भित्रीय पनि सरकारले औपाचारिक रुपमा आजभन्दा ७० वर्ष अगाडि २०१० सालबाट अस्पताल नै खोलेर उपचार शुरु गरको हो ।

मेडिकल उपचारबाट सम्भव नभएपछि होमियोप्याथिक उपचारमा जानेहरुको संख्या बढदै गएको एवं रोग लाग्नासाथ होमियोप्याथिक उपचारमा आउनेहरुको संख्या पनि बढ्दै गएको पशुपति होमियोप्याथिक अस्पतालका प्रमुख डा. प्रेमनारायाण श्रीवास्तवले जानकारी गराउनुभएको छ ।

होमियोप्याथिक अस्पतालको स्थापना बिरामीहरुको निःशुल्क उपचार गराउने उद्देश्यले खोलिएको भन्दै डा श्रीवास्तवले छाला, ग्यास्टिक, दम, एलर्जी, पायल्स, पिनास, जस्ता रोगको प्रभावकारी उपचार लाभदायक हुने गरेको बताउनुभएको छ । डा श्रीवास्तवले मौसम परिवर्तनले गर्दा पनि बिभिन्न रोगहरु लाग्ने गरेको भन्दै नेपालमा पाँच सय भन्दा धेरै होमियोप्याथि उपचार गर्ने फारमेसीहरु रहेको जानकारी दिनुभएको छ ।

डा. श्रीवास्तवले जनतासमाचार डट्कमसँग कुरा गर्दै होमियोप्याथिक औषधि प्रयोग गर्दा कडा गन्ध आउने खानेकुराहरु प्याज, अदुवा, लसुन, अमिलो, पिरो र सुर्तीजन्य पदार्थहरुको सेवन गर्न नहुने बताउनुभयो । रोग बल्झिरहने हुँदा नियमित रुपमा औषधि सेवन र उपचार गर्नुपर्ने हुन्छ भन्दै डा. श्रीवास्तवले होमियोप्याथिक पद्धतिबाट हुने उपचारका बारेमा धेरैलाई जानकारी नभएर छायाँमा परेको तर यो भरपर्दो भएको उल्लेख गर्नुभएको छ ।

Facebook Comments Box