पहिरोमा पुरिएर दोलखामा एक बालकको मृत्यु

सेयर गर्नुहोस

दोलखा : दोलखाको विगु गाउँपालिकाको साँघुरेमा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ।

तामाकोशी नदीमा तिते माछा टिप्न आएका विगु गाउँपालिका-२ ओराङका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको हो।​ मंगलबार राति तीते माछा मार्न तामाकोशी नदीमा गएका उनी माथिबाट झरेको पहिरोमा पुरिएको प्रहरीले जनाएको छ।

माछा मार्न उनीसहित ४ जना तामाकोशी नदीमा आए पनि अन्यले भने भागेर ज्यान जोगाएका थिए।

Facebook Comments Box