बस दुर्घटनामा रोल्पामा दुईजनाको मृत्यु
तुलसीपुर : रोल्पामा यात्रुवाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। रोल्पा बागमारादेखि दाङ घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस सहिद मार्गअन्तर्गत पर्ने तिला नजिक ऋचिमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो।
बस सडकदेखि करिब एक सय मिटर तल खसेको छ। दुर्घटनामा अन्य घाइतेहरूको उद्धार कार्य जारी रहेको प्रहरीले बताएको छ। घटनाको थप विवरण आउन बाँकी छ।
Facebook Comments Box
