संचारकर्मी र समाजसेवीको अगवाईमा ५१ घरमा राहत सामग्री बितरण

सेयर गर्नुहोस


कमलेश चन्द्र गुप्ता
कपिलवस्तु । २४ चैत
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा न. २ मा बस्दै आएका संचारकर्मी राहुल मोदनवाल र समाजसेवी बृजेश कुमार गुप्ता को अगवाईमा गरिब असहाय मजदूर लगायत बिपन्न परिवार लाई राहत सामाग्री बितरण गरेका छन। उक्त राहत सामग्री बहादुरगंज का चर्चित समाजसेवी महेश जयसवाल,अमित उपाध्याय राजेन्द्र त्रिपाठी,शाहिद मनिहार,दीपेंदर सिंहको सहयोगमा बितरण गरिएको हो।
कोराना भाइरस विश्वमा महामारी को रुपमा फैलीरहेको कारण देशभरीका जनतालाई जोगाउनको लागि नेपाल सरकार ले लकडाउन गरेको छ।
लकडाउन को समयमा अतिविपनय असहाय गरीब परिवारलाई जीवनयापन गर्नमा धेरै समस्या देखा परेको छ। सो समस्यालाई मध्य नजर गरी कृष्णनगर,झंडेनगर, शंकर नगर टोल,सेमरा,हनुमान नगर टोल लगायत अन्य क्षेत्रमा अतिविपनय असहाय गरीब परिवार लाई लिस्ट बनाई निःशुल्क राहत सामाग्री वितरण गरिएको राहुल मोदनवालले जानकारी दिनु भयो। राहत सामग्रीमा चावल,आलू, दाल, वाई वाई, सोयाबीन, नमक लगायत अन्य समाग्री वितरण रहेको बितरणकर्ताले बताए।
कृष्णनगरमा मोदनवाल र गुप्ता ले निरन्तर गरीब परिवार लाई सहयोग गरिदै आएका छन् । यस्तो महामारी मा पनि निरन्तर माक्स, सेनिटाइजर, ग्लब्स,राहत समाग्री लगायत अन्य यस्तो सामाजिक कार्य मा सहयोग गरिदै आएका छन्।

Facebook Comments Box