वेस्टइन्डिजविरुद्धको दोस्रो टी-२० मा पनि हार्‍यो भारत

सेयर गर्नुहोस

काठमाडौं : वेस्टइन्डीजविरुद्ध ५ खेलको टी-२० सीरिजको दोस्रो खेलमा पनि भारत पराजित भएको छ।

आइतबार राति भएको खेलमा वेस्टइन्डीजले भारतीय टीमलाई दुई विकेटले पराजित गरेको हो। योसँगै वेस्टइन्डीजले जारी सीरीजमा २–० को अग्रता बनाएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १५२ रन बनाएको थियो। भारतका लागि तिलक बर्माले सर्वाधिक ५१ रन बनाए भने इशान किसनले २७ तथा कप्तान हार्दिक पाण्डेयाले २४ रन बनाए।

वेस्टइन्डिजका अकिल हुसेन, रोमियो सेफर्ड र अजारी जोसेफले समान २ विकेट लिए।

१५३ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको वेस्टइन्डीजको टीमले ८ विकेटको क्षतिमा १५५ रन बनायो। वेस्ट इन्डीजका लागि निकोलस पूरनले ४० बलमा सर्वाधिक ६७ रन बनाए। शिमरोन हेटमायरले २२ तथा रोवम्यान पावेलले २१ रनको योगदान दिए ।

हार्दिक पाण्ड्याले तीन विकेट लिए भने युजवेन्द्र चहलले दुई विकेट लिए। अर्शदीप सिंह तथा मुकेश कुमारले समान एक विकेट लिए। अर्को खेल मंगलबार हुनेछ।

Facebook Comments Box