चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु
चितवन : बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। खैरहनी नगरपालिका–११ का ३५ वर्षीय अनिल तामाङको मृत्यु भएको हो।
खैरहनी नगरपालिका–१२ सहनपुरस्थित केरा घारीमा बाघको आक्रमणबाट आइतबार दिउँसो तामाङ मृत्यु भएको वडा नं. १२ का अध्यक्ष केदार पन्तले जानकारी दिए।
चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोली, नेपाली सेना र राष्ट्रिय प्राकृतिक संरक्षण कोषको प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। बाघ नियन्त्रणका लागि १५ वटा हात्ती परिचालन गरिएको छ।
बाघ शनिबारदेखि नै प्राविधिकको निगरानीमा रहेको भन्दै खोजी कार्य जारी रहेको र अहिलेसम्म फेला नपरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । चितवनमा बाघको आक्रमणबाट मानिसको मृत्यु हुने क्रम रोकिएको छैन।रासस
Facebook Comments Box
