काठमाण्डौको तारकेश्वरमा पहिरो : बाबुछोरीको ज्यान गयो, आमाछोरा घाइते

सेयर गर्नुहोस

काठमाण्डौ – काठमाण्डौको तारकेश्वर नगरपालिका–३ चो गाउँमा पहिरोमा परेर दुई जनाको ज्यान गएको छ ।

गएराति पहिरोले घर पुर्दा गणेश तामाङ र उहाँकी छोरीको ज्यान गएको वडा अध्यक्ष परशुराम अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार गणेश तामाङकी श्रीमती र छोरा घाइते हुनुभएको छ ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । पहिरोले तामाङको परिवार बस्दै आएको घर पुरेको हो ।

Facebook Comments Box