कामना सेवा विकास बैंकद्वारा गुगौलीका आगलागी पिडित राहत वितरण

सेयर गर्नुहोस


राम प्रघट कोरी
चैत्र २३ –विजयनगर
कपिलवस्तुको कामना सेवा विकास बैंक चन्द्रौटा शाखा लिमिटेडले राहत स्वरुप सिरक, डस्ना, सिरानी, ओछ्याउने, च्यादर लगायतका दैनिक प्रयोगमा आउने सामग्रीहरु प्रदान गरेको छ । जिल्लाको विजयनगर गाउँपालिका वडा नंं. १ गुगौली स्थित आगलागीबाट पीडित २५ घर परिवारलाई राहत स्वरुप लत्ताकपडा वितरण गरेको छ ।
यही चैत २१ गते भिषण आगलागीबाट २५ घर जली नगद, लत्ता कपडा, भाँडाकुडासहित सम्पूर्ण सामानहरु नष्ट भएका थिए । बैंकका बुटवल क्लष्टर प्रमुख खिमलाल भुसालले उक्त राहत सामग्री वितरण गरेको कामना सेवा विकास बैंक चन्द्रौटा लिमिटेडका शाखाका प्रमुख यज्ञमुर्ति लुईटेल(अनिष)ले जानकारी दिनुभयो ।
यस्तै बैंकले नोबेल कोरोनाभाइरस (कोभिड–१९)को जोखिमसँगै सरकारले गरेको लकडाउनका कारण दैनिक खानपानमा समस्या भएका मानव सेवा आश्रम बुटबलमा आश्रित १३० जना सडक बालबालिका तथा असहाय व्यक्तिहरुलाई सहयोग गरेको भुषाले बताउनुभयो ।
यसै गरी लकडाउनको कारण दैनिक ज्यालामजदुरी गर्ने परिवार तथा न्यून आय भएका व्यक्तिहरुलाई समेत जीविको पार्जनको लागि निकै गाह्रो भएकोले उनिहरुलाई राहत प्रदान गर्नको लागि बुटवल उप–महानगरपालिका वडा नंं. ७ का अध्यक्ष कमल थापा मार्फत खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको थियो ।

Facebook Comments Box