कोरोना को त्रास : कपिलवस्तुमा दिप प्रज्वलन

सेयर गर्नुहोस


कमलेश चन्द्र गुप्ता
कपिलवस्तु / २३ चैत

कृष्णनगरमा दीप प्रज्वलन गर्दै स्थानीय

कोरोना भाईरस को बिश्वव्यापी संक्रमण फैलिरहेको वर्तमान आस्थामा आज कपिलवस्तुमा दिप प्रज्वलन भएको छ। कोरोना भाइरस विरुद्धमा आज कपिलवस्तुवशीले दिप प्रज्वलन गरेका हुन।भारतीय प्रधानमंत्री नरेन्द्र मोदी को आव्हानमा भारतमा मात्र नभई
हाम्रो देश नेपालमा पनि दिप प्रज्वलन भएको छ।
नरेन्द्र माेदी भारतीय प्रधानमन्त्री मात्र नभई दक्षिण एशिया प्रतिनिधित्व गर्ने ग्लाेबल लिडर भएका कारणले मार्च ३ तारीख उनले गरेको आव्हानमा आज जिल्लाको विभिन्न स्थानमा दिप प्रज्वलन भएको हो। आज कृष्णनगरको भिल्मी ,कृष्णनगर ,बहादुरगंज लगायत स्थानमा उनलाई समर्थन गर्दै दिप प्रज्वलन गरेका हुन। आज राति ७ र ९:१५ बजे( भारतीय समय राति 9 बजे) घरको सबै लाइट बन्द ग़री घरको बहिरा व बालकनीमा ७ र ९ मिनेट सम्म दिप, मोमबत्ती, मोबाइल को फ्लॉस लाइट, टार्च जलाई कोरोना भाइरस बिरुद्ध एकताको संदेश दीन र यस महामारीको बेलामा लड़ी रहेको स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, समाजसेबी लगायतलाई धन्यबाद दिदै यस भराइको आन्त लागि ईस्वर संग प्राथना समेत गरेका छन।

कोरोना को त्रासले भारतमा २१ दिनको लामो लॅकडाउन रहेको छ भने हाम्रो नेपालमा पनि सरकारले कोरोनाबाट जोगउन को लागि चैत २५ गते सम्म लॅकडाउन गरेको छ। लॅकडाउनको समयमा घरमा बसेर आफुलाई एक्लै ठाननेलाई कोरोना बिरुद्धको युद्धमा दिप, मोमबत्ती, मोबाइल को फ्लॉस लाइट र टार्च जलाई हामी सबै एक साथ छौ भने सन्देश दिन खोजेको धीरेन्द्र गुप्ताले बताए।

धार्मिक अगुवा अनुसार दिप प्रज्वलनको बर्णान शास्त्रमा पनि रहेको छ।
“दीपं ज्योति परम् ज्योति, दीप ज्योतिर्जनार्दन:। दीपो हरतु मे पापम् , दीपज्योतिर्नमोस्तुते।।”

“शुभम् करोति कल्याणम् आरोग्यम् धन सम्पदा शत्रुबुद्धि विनाशाय दीपज्योति नमोस्तुते।।”

अर्थात् दीप शुभ र मंगल को कारक हो,कल्याण को कारक हो। दिप जलाउनले रोग मुक्त हुन्छ, वातावरण स्वच्छ हुन्छ र हवा साफा हुन्छ भने कुरा शास्त्रमा उल्लेख रहेको धार्मिक जकनकरहरु बताऊ छन

Facebook Comments Box