राहतका लागि सांसद शाहले दिए ७० क्वीन्टल चामल

सेयर गर्नुहोस


कपिलवस्तु , चैत्र २३ । कांग्रेसी सांसद अभिषेक प्रताप शाहले जिल्लाकाे चार स्थानीय तहमा ७० क्वीन्टल चामल वितरण गरेका छ ।
काेराेना संक्रमणका कारण गरिएकाे फकडाउनले गरिब, विपन्न, दैनिक ज्यालादारीका मजदुरहरु बढी प्रभावित भएका कारण कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र ३ भित्रका सबै स्थानीय तहमा राहत वितरणका लागि कुल ७० क्वीन्टल चामल हस्तान्तरण गरिएकाे छ। जिल्लाकाे कृष्णनगर नगरपालिका, विजयनगर गाउंपालिका, शिवराज नगरपालिका तथा महराजगंज नगरपालिकाका ३ वडाका लागि चामल सम्बन्धित नगरपालिकामा पठाइएकाे सांसद अभिषेक प्रताप शाहले जानकारी दिनुभएकाे छ। यस विपदकाे बेला अाफ्ना संसदिय क्षेत्रभित्रका सर्वसाधारणकाे सुख दुखमा क्षेत्रमै बसी सहयाेग गर्दै अाएकाे छु साथै थप सहयाेगका लागि नेपाल सरकारसंग माग गरेकाे सांसद शाहकाे भनाई छ।

Facebook Comments Box