कपिलवस्तुमा आगलागी ३९ घर जलेर नष्ट
गाउपालिकाले तत्काल राहतकाे व्यवस्थापन गर्ने: अध्यक्ष थापा
कपिलवस्तु, चैत्र २१ ।

कपिलवस्तुमा लकडाउनकाे कष्ट भाेगिरहेकाेकै समय अागलागीले अर्काे विपत्ति थपिएको छ ।
कोरोना संक्रमणको त्रासले नेपाल भर लकडाउन जारी रहदा कपिलस्तुवासी माथि लक डाउन सगै आर्को पिडा थपिएको छ । कपिलवस्तुको विजय नगर गाँउपालिका १ गुगौलीमा आगलागि हुदा पिडामाथि पिडा थपिएको छ ।
कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं १ गुगौलीमा आगलागी हुँदा ३९ घर गोठ जलेर नष्ट भएको छ । गुगौलीका कासीराम यादवको घरमा दिउसो नास्ता पकाउन बालेको आगोले खरले छाएको फुसको घरबाट आगलागी सुरु भएको थियो ।
यादवको घरबाट सुरु भएको आगोले गाउँको पुरै घर जलेर भएको छ । गाउँको उत्तर देखी सुरु भएको आगो हावाको बहाव सगै पुरै गाउमा फैलिएको थियो । आगोबाट कुनै पनि मनविय क्षती नभएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिनु भयो ।
आगलागीबाट करिब एक करोड भन्दा बढिको नोक्सान भएको स्थानीयले बताएको छ । आग्नि पिडितहरुको वास्तविक क्षती बिवरण प्रहरीले संकलन गरीरहेको छ । अग्नि पीडितहरुको राहतको लागी विजयनगर गाउँपालिकाले ब्यवस्थापन गरीरहेकाे गाउंपालिका अध्यक्ष गाेपाल थापालेे जानकारी दिनु भयो ।अध्यक्ष थापाले तत्काल राहत स्वरुप खाना ,कपडा व्यावस्थापन गरि लगात बननई घरपनि बनाइने बताउनुभयाे ।
कृष्णनगर नगरपालिकाको दमकल बिग्रेकोले तौलिहवाको दमकल आउन ढिलाइ गरेको थियो । पुरैगाउँ खरानी भएपछि तौलिहवाको दमकल गुगौली पुगेको थियो ।तौलिहवा र गुगौलिको दुरि करिब ५० किलोमिटर रहेको छ ।
