नेकपा नगर समिति अध्यक्षद्वारा कोरोना भाईरसबाट सावधानी अपनाउन अाग्रह
धीरज काेरी
कपिलवस्तु/महराजगंज २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महाराजगंज नगरपालिका नगर समिति अध्यक्ष विजय जयसवाल ले विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसबाट बच्नाको लागि जनतालाई सावधानी अपनाउन अनुरोध गर्नुभएको छ।यो अवास्थामा कसैले पनि राजनीतिक हिसाबले नभई मानवताको नाताले आ-आफ्नो क्षेत्रबाट सम्पुर्ण जन्तालाई र सरकारलाई सक्दो सहयोग गर्ने कुरा भन्नु भयो। दिनको ज्याला गरेर जिवननिर्वाह गर्ने अति विपन्न परिवारलाई “लकडाउन”मा खाद्यान समाग्रिको अभाव रहेकोले यसकुरालाई विशेष ध्यान दिन स्थानिय सरकारलाई अपिल गर्नुभएको छ।साथै क्वारेन्टाईनमा रहेका सम्पुर्ण साथीभाईहरुको सेवा सुविधालाई कमि कमजोरी हुन नदिन प्रत्येक वडाका अध्यक्षज्यूहरुलाई आग्रह गर्नु भएको छ। र सरकारले जारी गरेको “लकडाउन”लाई सबैले पालना गरौँ भन्ने कुरामा जोड दिनुभयो।

Facebook Comments Box
