क्वारेन्टाइनमा बसेका नागरिककोे अवस्था बुझदै अध्यक्ष थापा

सेयर गर्नुहोस


राम प्रघट कोरी
चैत्र १९ ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा बुधवारसम्म गाउँपालिका बाहिर स्वदेश तथा विदेशबाट आएका १ सय ११ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । गाउँपालिकाको क्वारेन्टाइनमा अधिकांश भारतबाट आएको नेपाली नागरिक रहेका छन् ।
गाउँपालिकाको गुगौली क्वारेन्टाइनमा ५४ जना, जुडपनियामा १९ जना र गणेशपुरमा ३८ जना गरी १ सय ११ जना छन् । जसमा १ जना मात्र महिला रहेकी छन् ।
गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले दैनिक प्रयोग हुने सामग्री, नास्ता, खानासमेत, सम्पूर्ण व्यवस्था गरेको बताउनु भएको छ । उहाँले बेलाबेलामा क्वारेन्टाइन स्थलमै पुगी स्वास्थ्य अवस्था बुझ्ने गरेको बताउनु भयो ।
उनीहरुलाई १४ दिन नै अनिवार्य रुपमा क्वारेन्टाइनमै राखिनुपर्ने भएकोले धैर्यताका साथ बस्न प्रोत्साहनसँगै सुझाव दिइरहेको थापाले बताउनुभयो ।
अहिले सबैको अवस्था सामान्य रहेको स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

Facebook Comments Box