विजयनगरमा मोटरसाइकलले भैँसीलाई ठक्कर दिँदा दुई जना घाइते

सेयर गर्नुहोस

विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा मोटरसाइकलले भैँसीलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । गाउँपालिकाको वडा नम्बर ६ खडैचा आरटिओ सडकमा मोटरसाइकलले भैँसीलाई ठक्कर दिँदा दुर्घटनमा भएको इलाका प्रहरी कार्यालय गणेशपुरका सई डोल बहादुर थापाले जानकारी दिए ।

 

विजयनगर –६ खजहनी बस्ने मोटरसाइकल चालक २८ वर्षीय हरिशंकर मल्लाह र पछाडी सवार रुपन्देहीको मायादेवी गाउँपालिका –६ बेथरी बस्ने २५ वर्षीय मनोज सहानी घाइते भएको उनले बताए । सवारी चालक हरिशंकर मल्लाहको लु ६७ प ८७२१ नम्बरको मोटरसाइकलले भैँसीलाई ठक्कर दिएको थापाले बताए ।

 

घाइतेहरुको सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइते दुबै जनाको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

Facebook Comments Box