एसीसी इमर्जिङ कप : उपाधिका लागि भारत र पाकिस्तान भिड्ने

सेयर गर्नुहोस

काठमाडौं : एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको फाइनल समीकरण पूरा भएको छ।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा घरेलु टोली श्रीलंका ‘ए’लाई ६० रनले हराउँदै पाकिस्तान ‘ए’ फाइनलमा पुगेको हो। ३२३ रनको लक्ष्य पछ्याएको श्रीलंका ४५ दशमवल ४ ओभरमा २६२ रनमा अलआउट भयो। ​

श्रीलंकाका दुई जना ब्याट्सम्यान शतक नजिक पुगे पनि टोलीको हार टार्न असफल भए। श्रीलंकाका लागि अविस्का फर्नान्डो र सहन अराचचिजले समान ९७ रन बनाएका थिए। पाकिस्तानका अर्सद इकबालले ५ तथा मुबासिर र सुफियान मुकिमले २–२ विकेट लिए।

शुक्रबार नै भएको अर्को सेमिफाइनलमा बंगलादेश ‘ए’लाई ५१ रनले हराउँदै भारत ए फाइनमा पुगेको हो। भारतले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको बङ्गलादेश ३४ ओभर २ बलमा १ सय ६० रनमै अलआउट भयो।

अब भारतले उपाधिका लागि आइतवार पाकिस्तान ए सँग खेल्नेछ।

Facebook Comments Box