जंगली च्याउ खाँदा परिवारै बिरामी
बैतडी : जंगली बिषालु च्याउ खाँदा बैतडीमा पाँचजना सिकिस्त बिरामी परेका छन्। बिरामी पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका–३ तडीगाउँमा ४८ वर्षीय टेकराज भट्ट, उनकी श्रीमती ३६ वर्षीया धैली भट्ट, छोरा १० वर्षीय भुवन, ५ वर्षीय छोरा दशरथ भट्ट र ७ वर्षीया छोरी शारदा रहेका छन्।
जंगलबाट ल्याएको च्याउ खाएपछि उनीहरू पाँचैजना बिरामी भएका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। च्याउ खाएर बिरामी परेका उनीहरूलाई स्थानीय वासुलिङ्ग स्वास्थ्यचौकी लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि डडेल्धुरा अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।
Facebook Comments Box
