बस्नेतविरूद्धको उजुरी तत्काल फिर्ता लिन महासंघको माग

सेयर गर्नुहोस

काठमाडौं : नेपाल पत्रकार महासंघले प्रेस चौतारी नेपालका अध्यक्ष एवं जनता टाइम्स डटकमका प्रधान सम्पादक गणेश बस्नेतविरूद्ध नेपाल प्रहरीमा साइबर क्राइमको कसुरमा उजुरी गरिएको घटनाप्रति आपत्ति जनाएको छ।

सचिव गोविन्दप्रसाद चौलागाईले शुक्रबार एक विज्ञप्ति जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भई पक्राउ गरिएको घटनाको सन्दर्भमा अध्यक्ष बस्नेतले समाचार स्रोतले गरेको दाबीका सन्दर्भलाई सामाजिक सञ्जाल फेसबुकमार्फत प्रकट गरेको अभिव्यक्तिविरूद्ध गृह प्रशासनको नेतृत्व नै प्रहरी कारबाहीमा उत्रिनु उचित नभएको उल्लेख गरेका छन्।

यस्तै महासंघले अध्यक्ष बस्नेतविरूद्धको उजुरी तत्काल फिर्ता लिन गृहप्रशासन समक्ष माग गरेको छ। साथै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न समेत आग्रह गरेको छ।

Facebook Comments Box