त्रिपालनगर गाउँ समाजमूल समितिद्धारा राहत वितरण
चैत्र १५ –विजयनगर

विजयनगर गाउँपालिकामा त्रिपालनगर गाउँ समाजमूल समितिद्धारा खाद्यान्न वितरण गरिएको छ । गाउँपालिकाको वडा नं. ४ मा रहेका अति विपन्न २२ घर परिवालाई शनिवार वितरण गरिएको हो ।
अहिले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणको जोखिम भएकोले सरकारले लगाएको लकडाउनलाई मध्येनजर गर्दैै खाद्यान्नको समस्यामा परेका असहाय, बृद्धबृद्धा घरपविारलाई प्रति घरलाई १० किलो चामल, दाल, नुन, तेल र लगायत राहत वितरण गरिएको गाउँ समाजमूल समितिका अध्यक्ष सुर्य बहादुर विश्वकर्माले जानकारी दिनु भएको छ ।
यो संकटको परिस्थितिमा गाउँ समाज समितिले राहत स्वरुप खाद्यान्न वितरण गरी सराहनीय कार्य गरेको भन्दै विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले धन्यवाद दिनु भएको थियो ।
गाउँपालिका अध्यक्ष गोपाल बहदुर थापाको उपस्थितिमा गाउँ समाज समितिलका रेशम सोमै मगर, शेर बहादुर तरामू, लगायत समाजका अगुवाहरुको रोहवरमा वितरण गरिएको थियो भने टंक बहादुर सुनारले सहजीकरण गर्नुभएको थियो ।
