सुन काण्डमा चिनियाँ नागरिकसहित ८ जना पक्राउ

सेयर गर्नुहोस

काठमाडौँ । बुधबार ठूलो मात्रामा बरामद सुन प्रकरणमा चिनियाँ नागरिकसहित दुई जना पक्राउ परेका छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर ट्याक्सीमा राखेर लैजान लागेको १५५ किलो (कार्टुनसहित) सुन राजस्व अनुसन्धान टोलीले बरामद गरेको थियो ।

यो प्रकरण सार्वजनिक भएसँगै नेपाल छाडेर जाने तयारीमा रहेका चिनियाँ नागरिक लिङ चुवानलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । उनीसँगै चितवनका अशोक लामा पनि पक्राउ परेका छन् ।

उक्त प्रकरणमा यसअघि राजकुमार भुजेल, दीलिप भुजेल, हर्क राई, राजेन्द्र राई र भारतीय नागरिक थोप्तेन छिरिङ पक्राउ परेका थिए ।

बरामद सुन नेपाल राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभाग मातहतको टक्कार महाशाखाको ढुकुटीमा राखिएको छ ।

थप दुई जना पक्राउ
सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजन श्रेष्ठ र पुष्करराज भट्ट छन्।

उनीहरूलाई काठमाडौंका छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको राजश्व अनुसन्धान विभागले जनाएको छ । विभाग स्रोतका अनुसार श्रेष्ठलाई कोटेश्वरबाट पक्राउ गरिएको हो । भट्ट एक कम्पनीका सञ्चालक रहेको बताइएको छ । उनीहरूको ठेगाना खुल्न बाँकी छ।

यससँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या आठ पुगेको छ ।

Facebook Comments Box