तौलिन राष्ट्र बैंकको टक्सार लगियो सुन (तस्वीरहरु)
काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको झण्डै एक क्वीन्टल सुनको तौल लिन अहिले राष्ट्र बैंकको टक्सार विभागमा लगिएको छ।
सशस्त्र प्रहरीको कडा सुरक्षाका बीच सुन टक्सार विभाग बबरमहल पुर्याइएको हो। हिजो राती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको सुन बरामद भएको थियाे।

राजस्व अनुसन्धान विभागले विशेष अपरेशन चलाएर सुन बरामद गरेको थियो। सुन ओसारपसारमा संलग्न एजेन्टसहित ६ जना पनि पक्राउ परेका छन्। उक्त सुन प्रकरण बाहिरिएपछि व्यवसायी दीपक मलहोत्राले आजै पत्रकार सम्मेलन गरी १०० केजी सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरेका छन्।
सुन प्रकरणमा भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छ सदस्यीय छानबिन समितिसमेत गठन गरिसकेको छ । समितिलाई छानबिन गरी पाँच दिनभित्र आवश्यक प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।


