कांग्रेसी कार्यकर्ताद्वारा राहत वितरण
लकडाउन सफल बनाउन अाग्रह
बुद्धभुमि , चैत्र १४ । बुद्धभुमि नगरपालिकाका स्थानिय कांग्रेसी नेताहरु द्वारा विपन्न परिवारलाई राहत वितरण गरिएकाे छ।
बुद्धभमी नगरपालिकावडा ४ का नेपाली काँग्रेसका स्थानिय नेताहरु पदम खनाल र अनुज मिश्रकाे अगुवाईमा वडाका ४५ विपन्न घरपरिवार लाई चामल, दाल, तेल र नुन वितरण गरिएकाे छ।
लकडाउनले गर्दा दैनिक ज्यालादारीका मजदुरहरुलाई खाद्यान्नकाे समस्या हुन थालेकाेले हामी राहत वितरण गर्न थालेकाे अनुज मिश्रले बताउनुभयाे । हनुमान टोलमा काेराेना संक्रमण सावधानी अपनाई साेसल डिस्टेन्सिङ्गका माध्यममा वितरण गरि लकडाउनलाई सफल बनाउन सर्वासाधारणसंग अाग्रह पनि गरेका छन ।

Facebook Comments Box
