महिला विश्वकप आजदेखि सुरु हुँदै
काठमाडौं : फिफा महिला विकपको नवौं संकरण आजबाट अष्ट्रेलिया र न्यूजिल्याण्डमा सुरु हुँदैछ।
प्रतियोगिताको उद्घाटन भने न्युजिल्याण्डमा हुनेछ। उद्घाटन खेलमा समूह ए को आयोजक न्युजिल्याण्ड र नर्वे भिड्ने छन्। न्युजिल्याण्ड र नर्वेबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ। खेल न्युजिल्याण्डको इडेन पार्कमा हुनेछ।
यस्तै पहिलो दिन नै समूह बी मा रहेको अर्को आयोजक अष्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्ड भिड्ने छन्। स्टेडियम अष्ट्रेलियामा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।
३२ टोली सहभागी भएको प्रतियोगिता आगामी २० अगस्टसम्म हुनेछ।
Facebook Comments Box
