नगरपालिकाद्वारा बजार समयतालिका जारी

सेयर गर्नुहोस


कृष्णनगर , चैत्र १४ । बजार व्यवस्थापन गर्न अत्यावश्यक समानका लागि कृष्णनगर नगरपालिका द्वारा समयतालिका जारी गरिएकाे छ।
काेराेना संक्रमण फैलिदै गरेकाेले लकडाउन प्रभावकारी बनाउन अत्यावश्यक सामग्री किनमेलका लागि समयतालिका लागू गरेका छ। सामग्री किनबेचले गर्दा हुने भीड नियन्त्रणका लागि कृष्णनगर नगरपालिकाले लागू गरेकाे समयतालिकामा बिहान ८ देखि १० बजे सम्म किराना र दुध बिक्रीवितरण र सांझ ४ देखि ६ बजेसम्म तरकारी, फलफुल तथा अाैषधि पसल,पेट्राेल पम्प खुल्ने भएकाे छ। नगरपालिका भित्रका पास पाएका पसलेहरुले पसल अगाडि १ मिटरकाे अन्तरालमा ग्राहककाे लाइन बनाउन गाेला बनाएर भीड जमा नहुन दिन सुरक्षा निकाय र वडाध्यक्षकाे राेहवरमा बिक्रीवितरण गर्ने निर्देशन जारी गरेकाे नगरप्रमुख रजत प्रताप शाहले बताउनुभएकाे छ।

Facebook Comments Box