शिवराजमा झन्डै दश करोड खर्च कूल बजेटको ८३.७९ प्रतिशत खर्च

सेयर गर्नुहोस

चन्द्रौटा(कपिलवस्तु), ३ साउन ।

शिवराज नगरपालिकामा चालु आर्थिक वर्ष ०७९।८० मा कूल बजेटको ८३.७९ प्रतिशत खर्च भएको छ । नगरपालिकाले कूल बजेट १ अरब ३१ करोड ७ लाख ७३ रुपैयाँ मध्ये १ अरब ९ करोड ८३ लाख ६४ हजार ९ सय ९८ रकम खर्च भएको जनाइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत रकेश पाण्डेका अनुसार नगरले स्वीकृत गरेको चालु तर्फ ९३ करोड ३९ लाख ४८ हजार २ सय ३५ मध्ये ८१ करोड ६२ लाख ९५ हजार ९ सय ७७ अर्थात् ८७.४० प्रतिशत खर्च भएको छ ।

त्यस्तै पुँजिगततर्फ ३७ करोड ६७ लाख ५१ हजार ८ सय २८ मध्ये २८ करोड २० लाख ६९ हजार ११ अर्थात् ७४.८६ प्रतिशत खर्च गरेको हो । बिहीबार वित्तीय विवरण सार्वजनिक गर्दै नगरपालिकाले असार २४ गते राती १२ बजे देखि सम्पूर्ण वित्तीय कामकाज बन्द गरेको लेखा अधिकृत रामचन्द्र मरासिनीले जानकारी दिए ।

विभिन्न क्षेत्रमा विनियोजित भएको रकम मध्ये पूरा खर्च भएको एउटा मात्र शीर्षक रहेको छ । सडक बोर्ड तर्फ विनियोजन भएको पँुजिगत खर्च शत प्रतिशत खर्च भएको छ । उक्त शीर्षकमा विनियोजित ८३ लाख ७१ हजार ८ सय ३८ मध्ये सबै रकम खर्च भएको नगरपालिकाले जनाएको छ ।

 

Facebook Comments Box