कृष्णनगर नगरपालिका भित्र रहेको मदरसा जामिया इस्लामिया नाइमिया द्वारा प्रेस विज्ञप्ति जारी
कृष्णनगर ,कपिलवस्तु चैत्र १४

विश्वमा महामारी को रूपमा फैलिएको कोरोना भाइरस लाई रोक्न समाजमा जनचेतना फैलाउनु पर्ने, स्वास्थ्य लगायत अन्य क्षेत्रमा समेत धेरै अगाडि रहेका राष्ट्र हरू समेत उक्त महामारी रोक्न धेरै चुनौती को सामना गर्दै आएका भारत समेत प्रभावित रहेकाले नेपालमा समेत सबै नेपाली लाई सावधानी अपनाउन आग्रह गर्दै प्रेस विज्ञप्ति जारी गरिएको छ।नेपाल सरकारले दिएको निर्देशन लाई मुस्लिम समुदायले समेत अपनाई कोरोना भाइसको रोकथाम गर्न र सचेतना अपनाउन, मुस्लिम समुदाय मस्जिदमा अजान दिने तर नमाज पढ्नको लागि मस्जिदमा ४ जना मात्र नमाज पढ्ने भिड भाड न गर्ने र भोलि आउने शुक्रवार को नमाज आ -आफ्नो घर मा पढी नेपाल सरकार ले दिएको निर्देशनको पालन गर्ने आग्रह समाजवादी पार्टी प्रदेश न ५ का प्रवक्ता अकरम पठान र समुदाय का जिम्मेवार व्यक्ति हरु ले गरेका थिए ।कपिलवस्तुको कृष्णनगर मा रहेको जामिया इस्लामिया नाइमिया का कार्यवाहक अध्यक्ष अब्दुल कलाम खां ले भनेकि यस्ताे संकट कालमा नेपाल सरकार ले दिएको निर्देशनको पालना गर्दै यो महामारीको सामना हामी मात्रै होइन बिश्व भरीले गरि रहेको छ। साथ साथै यो रोग बाट बच्नका लागि सरकारले आफ्नो स्तर बाट हुन सक्ने सबै तरिकाले सहयोग गर्दै आएको भन्ने जस्तो कुरा विज्ञप्ति मा भनिएको छ।धर्म गुरु जामिया इस्लामिया नईमिया मुफ़्ती बशीर अहमद नईमी र प्रधानाचार्य हाजी मौलाना अकील अहमद ले विज्ञप्ति जारी गरे
