प्रदेश समितिलाई उपेक्षा गरे काँग्रेस कमजोर हुने चेतावनी

सेयर गर्नुहोस

काठमाडौँ : नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीले प्रदेश समितिलाई उपेक्षा गरेको बताएका छन्।

बुधवार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै शर्माले प्रदेश समितिलाई उपेक्षा गर्ने गरिएको गुनासो गरे। पार्टीका नेताहरू प्रदेश समितिसँग समन्वय नगरीकन सीधै जिल्ला र स्थानीय तहमा जाने गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

 

उनले पार्टीका कार्यक्रमहरूमा प्रदेश कमिटीलाई बाहिरै राख्ने गरिएको उल्लेख गर्दै आगामी दिनमा त्यसो नगर्न आग्रह गरे। प्रदेशलाई कम महत्त्व दिए पार्टी संगठन कमजोर हुने उनको भनाइ छ। उनले जिल्ला समितिहरू प्रदेशप्रति जिम्मेवार हुनुपर्ने बताए।

 

उनले भने, ‘प्रदेशलाई धेरै उपेक्षा भाव राखिएको छ। प्रदेश यही पार्टीको एउटा महत्त्वपूर्ण अंग हो। यसले गर्दा पार्टीको प्रदेशको महत्व घट्दै जाने र जिल्लाहरूले पनि प्रदेशप्रति उत्तरदायी कम बहन गर्ने र संगठन कमजोर बन्ने काम भएको छ। त्यसकारण म आग्रह गर्न चाहन्छु, संस्थागत रूपबाट पार्टी चलाउँदा, जिल्लाहरू सञ्चालन गर्न प्रदेशलाई नै जिम्मेवार बनाएर सञ्चालन गर्ने व्यवस्था होस्।’

 

उनले प्रदेश सभापतिहरूलाई केन्द्रीय समिति बैठकमा विधानसम्मत ढंगले उपस्थित गराउन माग गरे। सभापति शर्माले कांग्रेस भित्र र बाहिर कांग्रेसको विकल्प खोज्न थाल्नु देशका लागि दुर्भाग्य भएको बताए।

Facebook Comments Box