बालिका प्रयोग गरी अमेरिकाबाट गाँजा तस्करी

सेयर गर्नुहोस

काठमाडौं : लागुऔषध तस्करीमा संलग्न एक व्यक्तिले गाँजा तस्करीमा बालिकाको प्रयोग गरेको भेटिएको छ।

एक १६ वर्षीया किशोरीको नाममा अमेरिकाबाट गाँजाको पार्सल मगाएर तस्करी गर्न लाग्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार पर्सा धोबीनी गाउँपालिका–५ बस्ने २७ वर्षीय फैज उल्लाह साहले किशोरीको नागरिकता दुरुपयोग गरी उनकै नाममा अमेरिकाबाट दुई किलो गाँजा नेपालमा झिकाएको भेटिएको छ।

बासलकालाई गाँजा तस्करीमा प्रयोग गरेका साहलाई पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए। उनका अनुसार शुरुमा पार्सल आएको गाँजा लिन त्यही किशोरीलाई उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्गो कम्प्लेक्समा पठाएका थिए।

अमेरिकाको क्यालिफोर्नियाबाट आयात गरिएको दुई किलो गाँजा लिन पुगेकी किशोरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने क्रममा उनलाई साहले परिचालन गरी लागुऔषधको कारोबार गरेको खुलेपछि पक्राउ गरिएको हो।

पक्राउ परेका साहउपर जिल्ला अदालत काठमाडौंबाट म्याद लिई लागुऔषध नियन्त्रण ब्यूरोबाट थप अनुसन्धान भइरहेको जोशीले जानकारी दिए।

Facebook Comments Box