खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ

सेयर गर्नुहोस

काठमाडौं : काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित चेक प्वाइन्टबाट ४८ ग्राम अवैध लागुऔषध खैरो हेरोइनसहित भारत सुपौल भगवानपुर–११ बस्ने २१ वर्षीय रोशनकुमार पासवानलाई आज प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरोबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले झापाबाट काठमाडौँतर्फ आउँदै गरेको प्र ०२–००१ ख ५५४९ नंको बसलाई जाँच गर्ने क्रममा बसमा सवार पासवानलाई लुकाई ल्याएको उक्त पदार्थसहित फेला पारी पक्राउ गरिएको हो ।

प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयका अनुसार यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

Facebook Comments Box