एमाले नेतृ रेखा झालाई कारबाहीको माग गर्दै उजुरी दर्ता

सेयर गर्नुहोस

काठमाडौं- नेकपा एमाले नेतृ रेखा झालाई कारबाहीको माग गर्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिइएको छ। पूर्वसांसदसमेत रहेकी एमाले नेतृ झाले राष्ट्र विरोधी पोष्ट गरेको भन्दै कारबाहीको माग गर्दै राष्ट्रिय एकता अभियानका संयोजक विनय यादवले सोमबार उजुरी दिएका हुन्।

साइबर ब्युरोमा उक्त उजुरी दर्ता भएको छ। उनले नेपालको भूमि ब्रिटिस साम्राज्यको अंग देखाउने गरी सामाजिक सञ्‍जालमा पोष्ट गरेको भन्दै उनीविरुद्ध उजुरी परेको हो।

यसअघि राष्ट्रिय एकता अभियानले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थान नेपालको नक्साबाट गायव गर्ने एमाले नेतृ रेखा झालाई कारबाही गर्न माग गर्दै विज्ञप्ति जारी गरेको थियो।

‘राष्ट्रिय एकता अभियान’ले पूर्वसांसद तथा नेकपा(एमाले)की नेत्रृ रेखा झाद्धारा नेपाललाई ब्रिटिस साम्राज्यको अंग देखाउने राष्ट्रघाती कार्य गरेको भन्दै घोर भर्त्सना गरेको छ।

राष्ट्रिय एकता अभियानले झाले आफ्नो आधिकारिक फेसबुक खाताबाट नेपाललाई ब्रिटिश साम्राज्यको हिस्साको रूपमा झूटो चित्रण गर्न साझा गरेको नक्सालाई तुरुन्तै हटाई माफी माग्न पनि अनुरोध गरेको छ ।

अभियानले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, ‘नेपाल कुनै पनि साम्राज्यको दासत्व कहिल्यै स्वीकार नगरेको एक मात्र अविच्छिन स्वतन्त्र प्राचीन देश भएकोले आफ्नै समृद्ध र गौरवशाली इतिहास छ । हाम्रा हिन्दू पुर्खाहरूले नेपालको स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षा गर्न वीरतापूर्वक पुस्तौंदेखी रगत बगाउदै आएका छन् । नेपालको स्वाधीनतामा आँच पुर्याउने गलत सूचना प्रचार गर्नु हाम्रा पूर्वजहरुको बलिदानको अपमान हो।’

सन् १७९२ मा लर्ड कर्नवालिसको पालामा नेपाल ब्रिटिस साम्राज्यको एक हिस्सा रहेको देखाउने एमाले पूर्वसांसद झाद्वारा साझा गरिएको नक्सा ऐतिहासिक तथ्यको नियोजित तोडमडोेठ भएको बताइएको छ।

Facebook Comments Box