क्वारेन्टाइनमा बस्ने को सम्पूर्ण खर्च कृष्णनगर नगरपालिकाले व्यहोर्छ: नगर प्रमुख शाह

सेयर गर्नुहोस

अजय मिश्र, कृष्णनगर, चैत्र १३

कपिलवस्तु जिल्लाको मुख्य भन्सार नाका कृष्णनगर रहेकाले भारत बाट आउने नेपालीको चाप यसै नाकामा बढी हुने सम्भावना रहेकाले कृष्णनगर नगरपालिका सक्रियता देखाएको छ ।कृष्णनगर नगरपालिका का नगर प्रमुख लगायत वडा अध्यक्ष र नगरपालिकाको स्वास्थ्य शाखा सक्रिय रूपमा काम गर्दै आएको छ ।भारत बाट आउने नेपाली लाई प्रहरीको सहयोगमा कृष्णनगर नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा ल्याइन्छ र स्वास्थ्य परिक्षण गरिन्छ ।आवस्यकता अनुसार क्वारेन्टाइन मा बस्ने व्यवस्था गरिन्छ.क्वारेन्टाइनमा बस्ने को खाना, नास्ता, दैनिक सर सफाई लगायत अन्य आवस्यकता को सम्पूर्ण खर्च कृष्णनगर नगरपालिका ले दिदै आएको छ ।भाडा र सकेसम्म नजिक भए घर सम्म समेत पुर्याउने व्यवस्थापन मिलाइएको र विजयनगर गाउँ पालिका , शिवराज नगरपालिका भन्दा कृष्णनगर नगरपालिका मा चाप बढी नै रहेको र आफू र नगरपालिका को तर्फ बाट हुने सम्पूर्ण सहयोग गरेको नै छु र मानवीय सेवामा सम्पूर्ण नगरपालिका टीम लागेकाे कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह ले जिक्र गर्नु भयो । कृष्णनगर नगरपालिका वडा नं २,३ समेतको कृष्णनगरको महेन्द्र मा. वि. मा ३० बेड को क्वारेन्टाइन तयार भै सकेको र थप २० बेडको क्वारेन्टाइन तयार हुदै गरेको त्यस्तै वडा नं ८ र ९ को लागी जुमिला आधारभूत विद्यालय मा ८ बेड को क्वारेन्टाइन र बाकी वडा मा समेत ४-४ बेड का दरले क्वारेन्टाइन निर्माण भै सकेको जानकारी कृष्णनगर नगरपालिका ले दिएको छ । साथै क्वारेन्टाइन को सुरक्षाका लागी दिउसो ५ र रात्रि मा ७ जना सुरक्षाकर्मी पठाएको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेल ले जानकारी दिए ।साथै सशस्त्र प्रहरी ले समेत ७-७ जना दिउसो र रात्री मा सुरक्षा का निम्ति पठाएको जानकारी सशस्त्र प्रहरी बल ३९ नं गुल्मका गुल्म पति सुशिल शाही ले बताए ।

Facebook Comments Box