देउवा निवासमा पदाधिकारी र पूर्वपधाधिकारीको बैठक बस्दै

सेयर गर्नुहोस

काठमाडौं : नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको संयुक्त बैठक आज बस्दै छ।

केन्द्रीय समितिको बैठकका एजेण्डा तय गर्न पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्न लागेको हो। बैठक आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवासमा धुम्बाराहीमा बस्नेछ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलिदेखि शुरु हुदैछ। यसअघि गत असार २७ गते बस्ने तय गरिएको बैठक तयारी नपुगेको भन्दै भोलिसम्मको लागि स्थगित गरिएको थियो।

Facebook Comments Box