भारतबाट अाउने प्रत्येक नेपालीकाे सुरक्षा नगरपालिकाले गर्ने : नगरप्रमुख शाह
खाद्यान्न , तरकारी अभाव कम गर्न घुम्ती पसल संचालन हुदै
कपिलवस्तु , चैत्र १३ । जिल्लाकाे कृष्णनगर नगरपालिकाले भारतबाट अाउने नेपालीहरुलाई क्वारेन्टाइनमा राखेर घरसम्म पुर्याउदै अाएकाे छ ।
भारतकाे सिमा नजिककाे स्थानिय तह कृष्णनगर नगरपालिकाले भारतमा लकडाउनपछि पनि अलपत्र नेपालीहरुलाई महेन्द्र मावि लगायतका क्वारेन्टाइनमा राख्ने गरेकाे छ । जिल्लामा सबभन्दा धेरे बेडकाे क्वारेन्टाइन बनाएर अलपत्र नेपालीहरुलाइ सम्बन्धित स्थानिय तह तथा जिल्ला सिमानासम्म समन्वय गरेर पठाउदै गरेकाे नगरप्रमख रजत प्रताप शाहले बताउनुभएकाे छ । मानवजाति माथि अाएकाे काेराेनारुपी खतरालाई न्यून गर्न अाफु लगायत नगर कार्यपालिका सदस्य , स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी रातदिन खटेकाे छाैं , अरु स्थानिय तहभन्दा कृष्णनगर नगरपालिकामा अागन्तुक चाप बढी भएकाेले व्यवस्थापन गर्न समस्या अाउंछ तर पनि संयम राखेर हामी अगाडि बढदैछाैं नगरप्रमुख शाहकाे भनाई छ । नगरपालिका भित्र महेन्द्र माविकाे पचास बेड सहित सबै वडाकाे मिलाउंदा सयभन्दा बढी बेडकाे क्वारेन्टाइन बनाईसकेकाे स्वास्थ्य शाखा संयाेजक अनिल विश्वकर्माले जानकारी गराउनुभएकाे छ। क्वारेन्टाइनमा अाएका व्यक्तिहरुकाे स्वास्थ्य जाँच गराइ खाना, बस्नकाे सुविधा दिदै अाइएकाे छ साथै नजिककाे स्थानिय तहसंग समन्वय गरेर समबन्धित तहकाे क्वारेन्टाइनमा पुर्याउदै अाएकाे स्वास्थ्य शाखा संयाेजक विश्वकर्माकाे भनाई छ।
कृष्णनगर नगरपालिका भित्र तरकारी लगायतका खाद्यान्न अाभाव नहुन दिन समयतालिका अनुसार पसल खाेल्ने साथै घुम्ती पसलकाे व्यवस्था गरिरहेकाे जानकारी जानकारी प्रशासकिय अधिकृत चन्द्रराम चाैधरीले बताएका छन ।

