भारतबाट अाएका २७ जना क्वारेन्टाइनमा

सेयर गर्नुहोस


अवस्था सामान्य रहेपनि केहीदिन पछि मात्र छाेड्ने नगरप्रमुख शाहकाे भनाई
कृष्णनगर, चैत्र ११। भारतबाट अाएका २७ जना नेपालीलाई महेन्द्र माविकाे क्वारेन्टाइनमा राखिएको छ ।
नगरपालिकाले बनाएकाे कृष्णनगरकाे महेन्द्र मावि क्वारेन्टाइनमा भारतका विभिन्न शहरबाट नेपाल भित्रिएका २७ जना नेपालीलाई अाइसाेलेट गरिएकाे स्वास्थ शाखा संयाेजक अनिल विश्वकर्माले जानकारी गराउनुभएकाे छ ।
हालसम्म कृष्णनगर नगरपालिकाकाे वडा ७ काे काैडिडिहवामा रहेकाे बुद्ध ज्याेति विद्यालयमा चार वेडकाे क्वारेन्टाइन बनीसकेकाे वडाध्यक्ष राजकिसाेर यादवले बताउनुभएकााेाे छ। नगरपालिकाकाे कृष्णनगर, झिंगहा, भिल्मि, बहादुरगंज लगायतका स्थानमा काेराेना चेकजाँचका लागि कुल सात वटा इन्फ्रारेड थर्मामिटर व्यवस्था गरिसकेकाे नगरप्रमुख शाहले जानकारी गराउनुभएकाे छ साथै भारतका विभिन्न सहरबाट अाएका नेपालीहरुकाे अवस्था सामान्य रहेकाले तिनलाई केही दिन क्वारेन्टाइनमा राखि पछि छाेड्न सक्ने बताउनुभयाे । नगरपालिकाकाे प्रत्येक वडामा ४/४ बेडकाे क्वारेन्टाइन बनाउदै गरेकाे बताएका छन । नगरप्रमुख शाहले नगरबासीलाई भीड जमा नगरि यी विपदका बेला काेराेना संक्रमणलाइ राेक्न घरमै बसेर सरकारकाे लकडाउनलाइ सफल बनाइ अाफु सुरक्षित रहन अाग्रह गरेका छन ।

Facebook Comments Box