कृष्णनगरमा ५० बेड सहितकाे क्वारेन्टाइन , प्रत्येक वडामा ४ बेडकाे थपिदै
कृष्णनगर, चैत्र ११। कृष्णनगर नगरपालिकाले महेन्द्र माविमा पचास बेडकाे क्वारेन्टाइन निर्माण गरिसकेकाे छ ।
नगरप्रमुख रजत प्रताप शाहकाे अगुवाईमा कृष्णनगरकाे महेन्द्र मावि मा ५ ० बेडकाे क्वारेन्टाइन निर्माण भइसकेकाे प्रअ अनिल श्रीवास्तवले जानकारी गराएका छन । सिमा नाकाकाे नजिक रहेकाले कृष्णनगर अतिसंवेदनशिल अवस्थामा छ त्यसैले विद्यालयलाई क्वारेन्टाइन बनाउदा अावश्यक परे अन्य काेठा पनि थप्न मिल्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेष प्रताप शाहले बताउनुभयाे । कृष्णनगर नगरपालिकाले हालसम्म कृष्णनगर , झिंगहा, भिल्मि, बहादुरगंज लगायतका स्थानमा काेराेना चेकजाँचका लागि कुल सात वटा इन्फ्रारेड थर्मामिटर व्यवस्था गरिसकेकाे नगरप्रमुख शाहले जानकारी गराउनुभएकाे छ साथै नगरपालिकाकाे प्रत्येक वडामा ४/४ बेडकाे क्वारेन्टाइन बनाउदै गरेकाे बताएका छन । नगरप्रमुख शाहले नगरबासीलाई भीड जमा नगरि यी विपदका बेला काेराेना संक्रमणलाइ राेक्न घरमै बसेर सरकारकाे लकडाउन निर्णयलाइ सफल बनाउन अाग्रह गरेका छन ।


