बहादुरगंजमा मास्क वितरण एवं काेराेना जांच सम्पन्न

सेयर गर्नुहोस


कृष्णनगर , चैत्र ९ । प्रेस क्लब अफ कृष्णनगरकाे अायाेजना तथा कृष्णनगर नगरपालिकाकाे सहयाेगमा काेराेना संक्रमण राेकथाम सम्बन्धि जनचेतना कार्यक्रम समपन्न भएकाे छ।
भारतीय सिमासंग सटेका चाैक र बजारहरुमा काेराेना संक्रमणका कारण , असर र राेकथामका उपायबारे जनचेतना कार्यक्रमले सर्वसाधारण बीच भय कम हुनेछ साथै भीडभाड बाट बचेर घरमै सुरक्षित हुन कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले बताउनुभयाे । नगरपालिकाले नगरभित्र कुल ५ वटा थर्मामिटर ल्याई स्वास्थ्यकर्मीहरुलाई हस्तान्तरण गरिसकेकाे जानकारी समेत गराउनुभएकाे छ ।
प्रेस क्लब अफ कृष्णनगरले प्रहरी कार्यालय बहादुरगंजसंग समन्वय गरि ठुलाे चाैराहाकाे पानी टंकी सफा गराएर हाथ धुनलाई साबुनकाे व्यावस्था गराएकाे छ । साथै क्लबले शिवराज अस्पतालकाे प्रविधिक सहयाेगमा काेराेना चेकजाँच गराई मस्क वितरण गरेकाे क्लबका काेषाध्यक्ष अनेक पाण्डेय जानकारी गराएका छन ।क्लबले थप जनचेतना कार्यक्रमहरु पनि गर्दै जाने संचारकर्मी मनिष गुप्ता बताउनुभयाे ।

Facebook Comments Box