समाजसेवी जयसवालद्धारा २५ सय मास्क वितरण
अन्य संघसंस्थाहरु सहयाेगका लागि अगाडि अाउन अनुराेध
माधव बेल्वासे
कपिलवस्तु,८ चैत
कोरना भाइरसबाट सचेत रहन सर्वसाधारणलाई मास्क वितरण गरिएको छ । विश्वभर फैलिएको कोरना भाइरसबारे सजग रहन सचेत गराउँदै कपिलवस्तुको चन्द्रौटाका युवा व्यापारी तथा समाजसेवि बिजय जयसवालले निःशुल्क मास्क वितरण गरेको हुन ।शिवराज नगरपालिका गाउँ गाउँमा तथा चोक चोकमा मास्क वितरण गर्दै जयसवालले भाइरस सङ्क्रमणबाट सजग रहन नियमित मास्क प्रयोग गर्ने, भीडभाडमा नजान, सरसफाइमा ध्यान दिन आग्रह गर्नुभयो । महामारीको समयमा नगरका दुई हजार पाच सय नागरिकहरुलाई मास्क वितरण गरेका छन् । जय मा लक्ष्मि ट्रेडसका संचालक समेत रहेका बिजय जयसवालले गाउँ गाउँमा पुगेर मास्क वितरण गरेका हुन् ।
“अहिले हामि सचेत हुनुपर्ने अवस्थामा छौ ,मास्कले जोखिमलाई केहि कम गर्न सक्छ ,त्यसैले मैले मास्क वितरण गर्ने योजना बनाए” जयसवालले भने नागरिकहरु सचेत भएर यो महामारी बाट बाच्नुपर्छ । शिवराज नगरपालिका ३ बलुहवामा मास्क वितरण गर्दै देशमा अझै कोरोना आएको आधिकारीक सुचना नआएको भएपनि यसको उपचार नहुने हुदाँ रोग लाग्नै दिन नहुने जयसवालले बताए । सरसफाईमा विशेष ध्यान दिन आग्रह गर्दै जयसवालले सर्तकता अपनाउन आग्रह समेत गरे । नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका जयसवालले विगतमा पनि विभिन्न संघ सस्था,गरिव दुखि हरुलाई सहयोग गर्दै आएका थिए

