भैरहवामा कोरोनाको चेकजाँच तथा स्वास्थ्य परिक्षण

सेयर गर्नुहोस

भैरहवा

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना सम्बन्धी भैरहवामा चेक जाँच तथा स्वास्थ्य परिक्षण शिविर सुरु भएको छ ।मायादेवी च्यारीटेबल फाउण्डेशन र बास रुपन्देहीको संयुक्त आयोजनामा भैरहवाको बुद्धचोक नजिकै रहेको संगम पेट्रोल पम्पको उत्तर तर्फ अस्थाई शिविर क्याम्प बनाएर चेक जाँच सुरु गरिएको हो ।चैत्र मसान्तसम्म चल्ने उक्तमा शिविर बिहान ९ बजे देखि साँझ ५ बजेसम्म स्वास्थ्य चेक जाँच कोरोना भाइरसबारे जनचेतना तथा वृद्धहरूलाई मास्क वितरण, सुगर परिक्षण र सेनिटाइजर हातमा लगाई अभियान सुरु गरिएको मायादेवी च्यारीटेबल फाउण्डेशनका अध्यक्ष रवि कुमार रौनियारले जानकारी दिनुभयो । प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेको सुगर तथा ज्वरो नापेर शिविरको औपचारिक शुरुवात भएको बास रुपन्देहीकी बिजया खत्रीले बताउनुभयो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेले विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको नियन्त्रणमा मायादेवी च्यारीटेबल फाउण्डेशन र बास रुपन्देहीको कार्य सराहनीय रहेको बताउनुभयो । साथै उहाँले सम्पूर्ण आमनागरिकलाई यस भाइरसबाट बच्न उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको थियो ।

Facebook Comments Box