कृष्णनगर नाकामा काेराेना जांच मेसिनबाट चेकजांच शुरु

सेयर गर्नुहोस

शहबाज खान, कपिलवस्तु
कपिलवस्तुको कृष्णनगर भन्सार नाका मा विश्वव्यापी महामारी को रुप लिएको नोबेल कोरोना बाट बच्न र बचाउन को निम्ती नेपाल भारत आवत जावत गर्ने मान्छे हरुको चेक जाचमा स्वास्थ्यकर्मी द्वारा लापरवाही हुँदै अाएकाे थियाे ।
चेक जाच गर्ने स्वास्थ्यकर्मी को भनाईनुसार हामीलाई कृष्णनगर नगरपालिका ले जे उपकरण उपलब्ध गराए छ त्यही बाट हामी चेक जाच गर्दै छु।
मंगलवार दिनको १२ बजेको समयमा भारत बाट आएको एउटा विद्यार्थी टोली ले कृष्णनगर भन्सार नाका मा कोरोना भाइरस सम्बन्धी भई रहेको चेक जाच को तरिका लाई गलत बताउदै सिमा नाका मै बिरोध जताएका थिए। बिरोध गर्ने बितिकै कृष्णनगर नगरपालिका का नगरप्रमुख रजत प्रताप शाह, ईलाका प्रहरी कार्यालय कृष्णनगर का प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेल र पत्रकार को टोली सिमा नाका मा पुगि बिरोध गर्ने विद्यार्थी हरु संग कुरा गर्दा उक्त विद्यार्थी टोली का सुबोद्ध रेग्मी ले आफू लगायत१८ जना को टोली नेपालको बिभिन्न जिल्ला का रहेको बताउदै भनेकि हामी भारत को पंजाब मा पढी रहे का छाैं।

विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस को कारण र पंजाब मा १७ जना संक्रणमित भएको ले पंजाब र हरियाणा सरकार ले अापात्काल घोषणा गरि सबै बिद्यालय, क्याम्पस सिनेमा हाल बन्द गरिएको घोषणा गरेको छ। क्याम्पस बन्द भये को ले हामी घर फर्किने क्रममा पंजाब, हरियाणा, दिल्ली हुदै कृष्णानगर सम्मा पुगेको र हाम्रो टोली ले ठाउ ठाउ मा भाइरस संक्रमणको चेक जाच गराउदै आएको छ टोलीमा संक्रमण छैन। तर हाम्रो टोली को इच्छा थियो कि अब हामी नेपालमा छिर्ना भन्दा पहिला नेपाल सरकार ले उपलब्ध गराउनेको भन्सार नाका मा भाइरस चेक जाच टोली बाट चेक जाच गराई नै नेपाल भित्र जाने तर यहा नाका मा आउदा एक जना आफू लाई स्वास्थ्यक्रमी बताउदै टेबल राखि डिजीटल थर्मामिटर ले भारत बाट आउने प्रत्येक मान्छे को काख मा एउटै थर्मामिटर राखेर शरिरको तापक्रम नापदै अवस्था भेटिदा हामी निरास भयो। किन कि वहा ले जुन तरिका ले तापक्रम नापदै थिए त्यो तरिका ले संक्रमण सर्ने संम्भावना थियो यदि एउटै डिजीटल थर्मामिटर बाट सबै को काख मा राखि तापक्रम नापन छ भने उचित मापदण्ड अनुसार थर्मामिटर को सर सफाई गरी मात्रै प्रयोग गर्ना मिल्छा। मापदण्ड अनुसार सर सफाई गर्ने समाग्री थिएन।
सरकार ले उपलब्ध गराएको तापक्रम नाप्ने उपकारण इन्फ्रारेड फाेरहेड थर्मामिटरको प्रयोग यो नाका मा किन छैन र यस्ता ठूला महामारी बाट देश लाई बचाउन को लागि सम्बन्धित निकाय ले किन चासो लिएन भन्दै नगरपालिका र सम्बन्धित निकायहरु को हामी चर्को बिरोध गर्दैछाैं।
बिरोध पछि नगरप्रमुख र प्रहरी निरीक्षकले छलफल गरी १५मिनेट भित्रै तापक्रम नापने इन्फ्रारेड फाेरहेड थर्मामिटरको उपलब्ध गराई नगरप्रमुख शाह र उक्त विद्यार्थी टोलीको तापक्रम नापेर पठाईएका थिए।
नगरप्रमुख शाहको भनाईनुसार हामी स्वास्थ्य मन्त्रालयले एडवायजरी मात्र पठाएकाे थियाे कुनैप्रकारकाे उपकरण पठाएके थिएन , वहाहरुले गर्नु भएको बिरोध जायज छ। मास्क र शरिरको तापक्रम नापने इन्फ्रारेड फाेरहेड थर्मामिटरको देश भरीमा कमी भएकोले समयमा आउन सकेन।अब आज देखि यो नाका मा पनि नियमित चेक जाच हुने शाह ले बताउनु भयो।

Facebook Comments Box