भ्रम मात्र फैलाइयाे, बार्डर बन्द नहुने ।।

सेयर गर्नुहोस


अंकुश श्रीवास्तव/कपिलवस्तु ,चैत्र २ । काेराेना संक्रमण बढ्दै गएकाले नेपाल-भारत सिमा बन्द हुने भ्रम मात्र फैलाइएकाे पुष्टि भएकाे छ।
भारतका विभिन्न शहरहरुमा काेराेना भाइरसकाे संक्रमित भेट्ना लागेपछि केही भारतीय संचारमाध्यमहरुले नेपाल-भारत सिमा अनिश्चितकालका लागि बन्द भएकाे भ्रम फैलाएका छन ।
दुवै देशका सुरक्षा निकायहरुलाई जानकारी नै नभएकाे बार्डर खबरले सिमा क्षेत्रमा त्रास फैलाएकाे छ। सिमा बन्द बारे केही सुचना नअाएकाले भ्रम मात्र फैलिएकाे प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताउनुभएकाे छ। त्यस्तै भारतीय एसएसबीलाई पनि कुनै अधिकारिक अाज्ञा नअाएकाे स्रातले जनाएकाे छ।
कपिलवस्तुमा बार्डर बन्दकाे हल्ला फैलिएपछि कृष्णनगर लगायतका कालाेबजारी गर्नेहरु सक्रिय भएका छन । दैनिक उपभाेग्य समानहरु भण्डार गरि पछि महंगाे मुल्यमा बिक्रि गर्न शुरु भएकाे छ ।
सिमा क्षेत्रका नेपालीहरु दैनिक उपभाेग्य वस्तुका लागि भारतीय बजारहरुमा निर्भर रहेका कारण बार्डर बन्दले त्रास बनाएकाे स्थानिय अजित सिंहकाे भनाई छ।

Facebook Comments Box