कपिलवस्तुको गद्दाघाटबाट शंकरपुर तालमा पानी ल्याउन निरिक्षण

सेयर गर्नुहोस


चैत्र १, विजयनगर।

कपिलवस्तुको गद्दाघाटको पानी कृषि सिँचाईका लागि शंकरपुर तालमा पानी ल्याउन शनिवार एक टोलीले स्थलगत निरिक्षण गरेको छ ।

कृषि सिँचाईको लागि शिवराज नगरपालिका ९ गद्दाघाटबाट विजयनगर गाउँपालिकाको शंकरपुर तालमा पानी ल्याउन डि. पि.आर. को लागि स्थलगत निरीक्षण गरिएको टोलीले जनाएको छ ।

गद््दाघाटको मुहानबाट शंकरपुर तालमा पानी ल्याउन प्रचुर सम्भावना रहेको बताईएको छ । गद्दाघाटको पानीलाई राज कुलो हुँदै शंकरपुर तालमा संचित गरी सिँचाई गर्न सकिने सम्भावना देखिएको निरीक्षण टोलीले जानकारी दिएको छ ।

शिवराज नगरपालिकाको वडा नं. ९ र विजयनगर गाउँपालिकाका कृषकहरु लाभान्वित हुने सम्भावना रहेको टोलीले जनाएको छ । डि.पि. आर. का लागि छिटै कार्य सञ्चालन गर्न पहल गर्ने प्रदेस सभा सदस्य अर्जुन कुमार केसी बताउनु भएको छ ।

कपिलवस्तुको ३ नं. क्षेत्रका प्रदेस सभा सदस्य अर्जुन कुमार केसी, शिवराज नगरपालिका र विजयनगर गाउँपालिकाका प्रमुख नेत्रराज अधिकारी, गोपाल बहादुर थापा, शिवराज नगरपालिका ९ का वडाध्यक्ष चुर बहादुर खड्का, सिचाइ कार्यालय कपिलवस्तुका प्रमुख नेत्र बोहरा स्थानीय समाजसेवीहरुको सहितको टोलीले सिचाइ गर्न सर्बेको लागि स्थलगत पुगी निरीक्षण गरेको हो ।

Facebook Comments Box