गण्डकी र लुम्बिनीका जिल्लामा बाढी पहिरोको जोखिम, तिनाउ नदीमा बाढीले खतराको तह पार गर्यो

सेयर गर्नुहोस

काठमाण्डाै – स्याङ्जा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलवस्तु, दाङ र आसपासका क्षेत्रमा अति ठूलो पानी परेको छ । यी ठाउँका खहरे खोलामा आकस्मिक बाढी आउनुका साथै पहाडका कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले यी क्षेत्रमा दिउँसो १ बजेसम्म यात्रा गर्दा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यस्तै, तिनाउ नदीमा बाढी आएको छ । नदी बाढीमापन केन्द्र बुटवलमा जलसतहले खतराको तह पार गरेको छ । तिनाउ नदीमा अझै पानीको सतह बढिरहेको छ ।

तिनाउ नदी तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा ठाउँका बासिन्दालाई बिहान ९ बजेसम्म सुरक्षित ठाउँमा जान अनुरोध गरिएको छ । गण्डकी र लुम्बिनी प्रदेशमा गएरातिदेखि नै ठूलो पानी परिरहेको छ ।

 

Facebook Comments Box