नारी दिवशकाे अवसरमा काेराेना सम्बन्धित जनचेतना कार्यक्रम

सेयर गर्नुहोस



कृष्णनगर, फल्गुल २५ । विश्वभरि नै अातंक मचाएकाे काेराेना भाइरस सम्बन्धि कपिलवस्तुकाे सिमा क्षेत्रमा पनि जनचेतनामुलक कार्यक्रमहरु गरिदै अाईएकाे छ ।
जिल्लाकाे कृष्णनगरमा रहेकाे पुरानाे मदरसा सेरजुल उलुम अल सफिया लक्ष्मीनगरले नारी दिवशकाे अवसर पारेर मदरसाका बिद्यार्थी लगायतका सराेकारवालाहरु समावेश भएकाे काेराेना भाइरस सम्बन्धि अन्तर्क्रिया कार्यक्रम गरेकाे छ। कार्यक्रमकाे अध्यक्षता मदरसाका अध्यक्ष शमीम अहमद नदवीले गरेका थिए भने प्रमुख अतिथ्यता कृष्णनगर नगरपालिकाका प्रशासकिय अधिकृत चन्दराम चाैधरीकाे थियाे साथै संचालन राष्ट्रिय मदरसा संघका अध्यक्ष डा. अब्दुल गनीले गर्नुभएकाे थियाे ।
कार्यक्रममा सशस्त्र प्रहरी बल बिन्दवासिनी गण कृष्णनगरका उपरिक्षक सुशील शाही , कृष्णनगर इप्रका प्रहरी निरिक्षक प्रताप पाैडेल तथा स्वास्थ्यकर्मी जमाल अहमदले काेराेना भाइरस सर्न नदिन अपनाउनु पर्ने सावधानी बारे प्रष्ट पारेका थिए ।काेेराेनाले देश व्यापी त्रास बनाएका कारण सबै सजग रहन नेेकपाका प्रदेश सदस्य अरसद मिर्जाले जाेड दिनुभएकाे थियाे ।
त्यस्तै राष्ट्रिय मदरसा संघ प्रदेश ५ उपाध्यक्ष महसुद नेपालीले काेराेनाका अातंकले गर्दा साउदि अरेबियाले ईस्लामिक अनुयायीहरुकाे पवित्र स्थल मक्का प्रवेशमा राेक लगाएकाे जानकारी गराउदै सेराजुल उलुम मदरसाले पनि बर्सेनि रमजानपछि हुदै अाएकाे बार्षिक उत्सव पनि स्थागित गरेकाे बताएका छन ।
कार्यक्रममा माैलाना जहिर अहमद बरेल्वी, अजीम मदनि,सयद जयस मक्की वडाध्यक्ष संजय गुप्ता लगायतका सराेकारवालाकाे उपस्थित थियाे ।

Facebook Comments Box