काेराेना प्रभावितका लागि अस्पतालमा अाइसाेलेसन वार्ड व्यवस्थापन
कपिलवस्तु , फल्गुण २२ । विश्वभरि फैलिदै गरेकाे काेराेना भाइरसलाई सर्न नदिन जिल्लाकाे शिवराज अस्पतालमा अाइसाेलेसन वार्डकाे व्यवस्थापन गरिएकाे छ ।
भारतकाे विभिन्न शहरहरुमा काेराेना संक्रमित बिरामीहरु भेट्न थालेपछि नेपाल-भारत सिमालाई मध्यनजर गर्दै शिवराज अस्पताल बहादुरगंजले अाईलेसन वार्ड निर्माण गरेकाे नि.मेसु बेद कुमार चाैधरीले जानकारी दिनुभएकाे छ ।
कृष्णनगर नगरपालिका सिमा क्षेत्रका कारण संवेदनशील रहेकाेले एउटा अाइसाेलेसन शिवराज अस्पतालमा बनाइएकाे र संक्रमित भेटिएकालाई पहिचान गरि अस्पताल कै एम्बुलेन्सबाट प्रदेश अस्पताल बुुटवल पुर्याउने व्यवस्था मिलाईएकाे नगरप्रमुख रजत प्रताप शाहले जानकारी दिएका छन। उनले खुला बार्डरले गर्दा भारतका विभिन्न शहरसंगकाे सम्पर्क रहेकाे छ जसले गर्दा कृष्णनगर लगायत जिल्लाका अन्य क्षेत्रमा काेराेनाकाे अातंक बढ्न सक्ने बताउनुभएकाे छ। कृष्णनगर का सर्वसाधारणलाई बजार जांदा मास्क लगाएर जाने , भाेज भतेर, शादी विवाह र सम्मेलनमा नजान समेत अाग्रह गरेका छन ।

