कपिलवस्तुमा निर्माण गर्ने साधन माथी आगजनी ।

सेयर गर्नुहोस


कपिलबस्तु
फागुन २२
कपिवस्तुको शिवराज नगरपालिका र विजयनगर गाउँपालिकामा बुधबार राती अज्ञात समूहले हुलाकी मार्ग निर्माणमा प्रयोग भएका ६ वटा विभिन्न साधनमा आगजनी गरेका छन ।
जिल्लाको शिवारज नगरपालिकाकोे वडा नं. ९ तुरुन्तपुरमा बुधबार राती पौने १ बजे १ वटा स्काभेटर अज्ञात समूहले जलाएको प्रहरीले जनाएको छ । विजयनगर गाउँपालिकाको वडा नं. २ लोहोरौलामा १ वटा स्काभेटर , २ वटा जेसिभी, २ वटा पिकअप बलेरो जलाएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिनु भयो । आगजनी भएका साधन हुलाकी मार्ग निर्माणको जिम्मा पाएको शर्मा एण्ड शर्मा कम्पनीको रहेको प्रहरीले जनाएको छ । ना १ क ९०६९, बा २ क ८७२९ नंम्बरको जेसिभी, बा १९ च ६६४७, बा १६ च ५२५० नंम्बरको बोलेर र से १ क ७० , बा २ क १४७३ नम्बरको स्काभेटरमा आगजनी भएको गणेशपुर प्रहरीले जनाएको छ ।
राती सडक बनाउने कामदारलाई अज्ञात समूहले कोठामा बन्द गरी साधनहरुमा आगजनी गरेको प्रहरी निरिक्षक नेपालले जानकारी दिनु भयो । नेपालका अनुसार अहिले पनि साधनमा आगो बलिरहेको र कृष्णनगरबाट आएको दमकलले आगो नियन्त्रणमा लिइरहेको छ । आगो कस्ले किन लगाएको भन्ने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिवस्तुका डिएसपि सुनिल मल्लले बताउनु भयो ।

Facebook Comments Box