इण्डाे-नेेपाल क्रिकेट टुर्नामेन्टकाे विधिवत समापन

कृष्णनगर, फल्गुण १७ । कृष्णनगरमा १८ अाैं इण्डाे-नेपाल क्रिकेट टुर्नामेेन्ट २०२० अाज भव्यताका साथ समपन्न भएकाे छ।
बहादुरगंज खेल मैदानमा भएकाे फाईनल म्याचमा गाेण्डाका नवनीत चतुर्वेदीकाे नबाद ३१ रनकाे अाक्रमक पारीले चितवनलाई साेह्र अाेभर मै जीतेका थिए । टांस जीतेर पहिला बैटिंग गरेकाे चितवनले निर्धारित २० अाेभरमा सबै विकेट गुमाएर मात्र ९८ रन जाेड्न सकेकाे थियाे । जबाफमा गाेण्डाकाे टिमले तीन विकेट खर्चेर जित हासिल गरेकाे थियाे । विजेता टिमलाई एक लाख नगदसहित पुरस्कार तथा उपविजेता लाई पचास हजार नगद सहितकाे पुरस्कार प्रदान गरिएकाे जय नेपाल स्पाेर्टस क्लबका अध्यक्ष सुहेल खानले जानकारी दिएका छन ।
क्लब द्वारा अायाेजित २०२० क्रिकेट टुर्नामेटकाे समापन कार्यक्रमका प्रमुख अतिथि कपिलवस्तु क्षेत्र ३ का सांसद अभिषेक प्रताप शाहले कृष्णनगर क्षेत्रमा अन्य खेल भन्दा क्रिकेेट प्रेमी बढी रहेकाले बर्षेनी युवा साथीहरु मिलेर अायाेजन गर्दै अाएकाे याे क्रिकेट टुर्नामेन्ट युवा खेलकुद बिकासमा उल्लेखनीय याेगदान पुर्याउदै अाएकाे बताए । सांसद शाहले पश्चिमा देशबाट शुरु भएकाे क्रिकेट खेल अहिले दक्षिण एशियामा बढी लाेकप्रिय भएकाले म सत्तामा अाए अाफ्नाे क्षेत्रभित्र एउटा अन्तर्राष्ट्रिय खेल मैदान निर्माण गराउने प्रतिवद्धता समेत गरेका थिए ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि नगरप्रमुख रजत प्रताप शाहले प्रदेश सरकारकाे सहयाेगमा कृष्णनगर वडा एकमा निर्माण भईरहेकाे स्टेडियमलाई व्यवस्थित बनाउन अाफु सक्दाे सहयाेग गर्ने बताए ।
समापन कार्यक्रममा सशस्त्र प्रहरी उपरिक्षक सुशील शाही, वडाध्यक्ष संजय गुप्ता, पुर्व खेलाडी विनय शर्मा, विद्युत प्रधिकरणका इन्चार्ज शेष मकसुद ,शिक्षक राहुल सिंह लगायत क्लबका पदाधिकारी, खेलाडी तथा संचारकर्मीहरुकाे उपस्थिति रहेकाे थियाे भने संंचालन सगीर खकसारले गरेकाा थिए ।
