कृष्णनगरमा १५ गतेदेखि दादुरा खाेप अभियान शुरु

सेयर गर्नुहोस

कृष्णनगर , फल्गुण १३ । दादुरा रुबेला खोप अभियान सम्बन्धि नगर स्तरीय अभिमुखिकरण गोष्ठि सम्पन्न भएको छ ।
कृष्णनगर नगरपालिकाको आयोजनामा आज नगरपालिकाकाे सभा हाल मा सम्पन्न भएको हो । कार्यक्रमलाई सहजिकरण गर्दै स्वास्थ्य शाखा संयाेजक अनिल विश्वकर्माले दादुरा रुबेला खोप अभियान सफल बनाउन सबैको साथ र सहयोग आवस्यक हुने बताउदै अहिले सञ्चालन भईरहेकाे याे कार्यक्रम कृष्णनगर नगरपालिका भित्रका सबै वडामा कुल १०६ वटा खाेपकेन्द्र बनाई सबै बालबालीकालाई खोपको पहुचमा ल्याएर पुर्ण खोपमुक्त देश घोषणा गर्ने बताउनु भएको थियाे । विगतका बर्षमा खोपको दर ७२ प्रतिशत भएको र अहिले यस दरलाई ९५ प्रतिशत पुर्याउने लक्ष्य भएकाले सम्पुर्ण ५ बर्ष मुनिका बालबालिकालाइ फल्गुण १५ गतेदेखि स्वास्थ्यकर्मीकाे प्रत्यक्ष निगरानीमा खाेप खुवाउने लक्षय रहेकाे संयाेजक विश्वकर्माले बताउनुभयो ।
दादुरा रुबेला खोप अभियानमा कुल ९ दिनसम्म सञ्चालन हुने भएकाले कोहि पनि बालबालीका नछुट्ने रणनीति बनाईएकाे छ । आभियानको लागि काम जारी रहेको खोपका सामग्रिहरु ल्याउनेकाम भइरहेको साथै स्ंवमसेवकहरुलाई तालीम समेत सुरु भइसकेको बताउनु भयो ।

कार्यक्रमका अध्यक्ष कृष्णनगर नगरपालीकाका प्रमुख रजत प्रताप शाहले यस अभियानको लागी सरकारले ठुलो लगानी गरेको हुदा सम्पुर्णले सहि र सत्य सुचना प्रवाह गरेर यो अभियान सफल पार्नुपर्ने बताउनुभयो । यो अभियान कार्यक्रम मात्र नभएर एउटा दादुरा रुवेला अन्त्य गर्ने मौका भएको बताउनुभयो । साथै यो अभियान सफल बनाउन नगरपालिकाले पनि साथ र सहयोग प्रदान गर्ने प्रतिवद्दता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा उपप्रमुख सबनम खातुन, विभिन्न शाखाका संयाेजक, पत्रकार , स्वास्थ्यकर्मी लगायतकाे उपस्थिति थियाे ।

Facebook Comments Box