गौरीघाट खेलकूद मेला अन्तर्गत आज भएको भलिबल खेलमा ४ टिम विजयी, भोली साँस्कृतिक कार्यक्रमको उद्घाटन हुने

सेयर गर्नुहोस

कपिलवस्तु ।।

फागुन १२ गते

कपिलवस्तुको विजयनगर गाउँपालिकामा शुरु भएको चौथो गौरीघाट लोक साँस्कृतिक, पर्यटन तथा खेलकूद मेला अन्तर्गत आज भलिबल खेल अन्र्तगतको क्वाटरफाइनल खेलमा ८ टिमबिच प्रतिस्पर्धा भएको छ ।
आज भएको भलिबल खेल अन्तर्गतको पहिलो खेलमा विजयनगर १ नयाँगाउँ र सुनौलो बिहानी युवा क्लब भुपु बिच भएको थियो । जस अन्तर्गत विजयनगर १ नयाँगाउँले सुनौलो बिहानी युवा क्लब भुपुलाई सोझो सेटमा हराएको छ ।

निस्दी गाउँपालिका पाल्पा र प्रगतिशिल युवा क्लब अर्घाखाचि बिच भएको दोस्रो खेलमा भने निस्दी गाउँपालिका पाल्पाले जित निकालेको हो । यस्तै
एपी.एफ. पाँच नम्बर बाहिनी चन्द्रौटा बिच बाडगङ्गा हाईयर सेकेन्डरी स्कुलसंग भएको तेस्रो खेलमा एपी.एफ. पाँच नम्बर बाहिनी चन्द्रौटाले बाडगङ्गा हाईयर सेकेन्डरी स्कुललाई सोझो सेटमा पराजित गरेको छ ।

आजको अन्तिम तथा सेमिफाइनलको पहिलो खेल ब्रेभ गोर्खा बुटवल क्लब र एपी.एफ. पाँच नम्बर बाहिनी चन्द्रौटा बिच भएको थियो भने खेलमा ब्रेभ गोर्खा बुटवल क्लबले ३–२ को सेटमा एपी.एफ. पाँच नम्बर बाहिनी चन्द्रौटालाई हराउदै फाइनलको यात्रा सुनिश्चित गरेको हो ।
भोली पनि ४ खेल हुने आयोजकले जानकारी दिएको छ ।

भोली हुने सेमिफाइनलको पहिलो खेल शारु इलेक्ट्रोनिक प्रेमनगर बिच निस्दी गाउँपालिका पाल्पा खेल्ने भएको छ । यस्तै प्रतियोगिताको फाइनल खेल पनि भोलि नै हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले रु.३० हजार, दोस्रोले रु. २० हजार र तेस्रो हुनेले रु. १० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गौरीघाट लोक साँस्कृतिक, पर्यटन तथा खेलकूद मेलाका आयोजक थर्क बहादुर खन्गाहाले जानकारी दिनु भएको छ ।

भोली १३ गते मंगलवार साँस्कृतिक कार्यक्रमको समउद्घाटन भई १५ गते विहिवारसम्म मेला लाग्ने जनाएको छ । मेलामा राष्ट्रिय तथा स्थानिय कलाकारको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ । मेलामा आर्कषकको रुपमा चर्चित गायिका सम्झना लामिछाने, गायक सन्दीप न्यौपाने, विक्रम राना, दिपक करौँझा, दिपक भण्डारी तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ ।

भोलीको साँस्कृतिक कार्यक्रममा राष्ट्रिय लोक दोहरी गायक सन्दीप न्यौपानेको प्रस्तुति रहने आयोजकले जनाएको छ

Facebook Comments Box